नेपालगन्ज देखि डाेल्पाकाे जुफाल विमानस्थलमा नियमित यात्रु उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवराेध गरिने भएकाे छ । ठूलिभेरी नगरपालिकाले कात्तिक २५ गते बसेकाे नगरकार्यपालिकाकाे बैठकले नेपालगन्ज देखि जुफाल विमानस्थलमा चाडवाडकाे समयमा उडान नगर्ने नीजिएयरलाइन्स ताराएयर र नेपाल वायुसेवा निगमका जहाजलाई नियमित उडान गर्न आग्रह गर्दा पनि अघिपछिकाे समय जस्तै दशै तिहार जस्ता विशेष चाडवाडकाे समयमा पनि नियमित उडान गर्नु पर्ने नगरेमा जुफाल विमानस्थलमा अवतरण गर्न नदिइने निर्णय गरेकाे हाे ।
अनेत्र उडान नपाएकाे समयमा मात्र डाेल्पा मा प्रयाेग गर्ने जब दशै तिहार जस्ता महत्वपूर्ण चाडवाडकाे समयमा डाेल्पामा उडान नगरेर अनेत्र डलर कमाउन डाेल्पा बाहेकका पुर्वी विमानस्थलमा लाग्ने एयरलाइन्सलाई नियमित उडानकाे लागि अनुराेध गरिने अनुराेधलाई बेवास्ता गरेमा स्थानीय सरकारकाे अधिकार प्रयाेग गरि उडान अवतरण गर्नमा अवराेध गरिने निर्णय भएकाे छ नगर प्रमुख श्ववर्ण बुढाले यातायातकाे छिटाे छरितो साधन नै हवाई उडान भएकाे अवस्थामा अशक्त असहाय विरामीकाे लागि एक मात्र यातायातकाे विकल्प हवाई सेवा भएकाे अवस्थामा नियमित नहुंदा सर्वसाधारणलाई सास्ती भएकाे बताए ।

0 Comments